
काठमाडौं । चालु आर्थिक बर्ष कर्णालीको सिमी र फापरको अभाव नहुने भएको छ । नेपाल खाद्य संस्थानमा गत बर्षकै स्टक रहेको सिमी र फापरले यस बर्ष पनि उपभोक्ताको माग अनुसार धान्ने भएको छ ।
नेपाल खाद्य संस्थान सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार आर्थिक बर्ष २०७४/७५ मा खरिद गरेको कर्णालीको सिमी र फापर गत बर्षको माग अनुसार धानेर चालु बर्ष समेत पुग्ने जानकारी दिइन् । उनले भनिन् , ‘नेपाल खाद्य संस्थानले खरिद गरेको सिमी र फापर १ सय ६ मेट्रिक टन र बाँकि अघिल्लो बर्ष स्टक समेत रहेको थियो ।
तर अहिले अझै ७३ मेट्रिक टन सिमी र ६५ मेट्रिक टन फापर स्टक रहेको छ ।’ यस बर्ष सिमी र फापर पहिलेकै स्टक रहेको खपत गर्ने जानकारी दिइन् ।
कर्णालीको अर्गानिक सिमीको बारेमा खासै प्रचारप्रसार नभएर बिक्री भने जस्तो नभइरहेको सुवेदीले बताइन् । कर्णालीको सिमी प्रतिकेजी १३० रुपैयाँ र फापर प्रतिकेजी ८० रुपैयाँमा बिक्रि गदै आइरहेको समेत सुवेदीले जानकारी दिइन् ।
चालु आर्थिक बर्ष दाल खरिद गर्ने प्रक्रियामा रहेको सूचना अधिकारी सुवेदीले बताइन् । रहर, मास, मसुरोको दाल टेन्डर प्रक्रियाबाट खरिद गर्ने योजना भइरहेको जानकारी दिइन् । स्वदेशकै उत्पादन मात्र खरिद गर्ने गरेका छौ यी दालहरु पनि स्वदेशकै रहने भएको छ ।
नेपाल खाद्य संस्थान र नेसनल टे«डिङ साउन २८ गते देखि विधिगत रुपमा एक भएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा परिणत भएको छ । नेसनल टे«डिङको जग्गा हिमाल, पहाड र उपत्यकामा ५० रोपनी र तराईमा करिब १९ विगाह र नेपाल खाद्य संस्थानको जग्गा हिमाल, पहाड र उपत्यकामा २ हजार ९ सय ४० रोपनी र तराईमा ६५ विगाह रहेको अब खाद्य व्यवस्था तथा व्यापार कम्पनीको हुने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विशेष गरी चालु आर्थिक बर्ष पूर्वाधार निमार्णका कार्य गर्ने भएको छ । जसमा इन्टरनेट पहुँच, सफ्टवेयरको विकास गर्ने र जनशक्तिलाई समेत सोही पहुँचमा पुर्याउने भएको छ ।
प्रतिक्रिया दिनुहोस