
एजेन्सी । भारतीय खर्बपति तथा विश्वका दोस्रो धनी व्यक्ति गौतम अडानीले नेपालको जलस्रोतमा चासो राखेका छन् । अडानी ग्रुपले नेपालको जलविद्युत् र विद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । अडानी ग्रुपले नेपालमा ठूला जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाइन र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्न प्रस्ताव गरेको हो ।
अडानी ग्रुपले केहि समयपहिला नवीकरणीय ऊर्जामा ५० अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अहिले ग्रुपले २० हजार मेगावाट विद्युत् नवीकरणीय ऊर्जामार्फत् उत्पादन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस