
काठमाडौं । नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिक लिमिटेडको यस अघि स्थागित १७औं वार्षिक साधारण सभा असोज ११ गते हुने भएको छ । यस अघि भदौ २३ गते गणपूरक संख्या नपुगेकाले स्थगित सभा पुनः बोलाईएको हो । कम्पनीको भदौ ३१ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्तीको विषयलाई समेत टुङ्ग्याउनेछ । साथै सञ्चालक समितिको बैठक भत्ता तथा अन्य भत्ता र भ्रमण खर्चको सम्बन्धमा समेत आवश्यक निर्णय सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस