aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आगलागीको घटनापछि ओला स्कुटरको विक्री घट्यो, ५०० कर्मचारी निकाल्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
आगलागीको घटनापछि ओला स्कुटरको विक्री घट्यो, ५०० कर्मचारी निकाल्दै

एजेन्सी । विद्युतीय स्कुटर निर्माता ओलाले आफ्नो सफ्टवेयरबाट कम्तिमा ५०० कर्मचारी हटाउन सक्ने चेतावनी दिएको छ ।  रिपोर्टका अनुसार धेरै कर्मचारी ओला एपमा काम गरिरहेका थिए। ओला इलेक्ट्रिक स्कुटरको घट्दो बिक्रीका कारण यो कदम चालिएको हो । अगस्टमा कम्पनीले ३ हजार ३ सय ५१ स्कुटर मात्र बिक्री गर्न सकेको छ ।

कम्पनीले विगत केही महिनादेखि पुनर्संरचनाको काम गरिरहेको छ । कम्पनीले यसअघि प्रि–ओन्ड कार व्यवसाय, ओला कार र क्विक कमर्स व्यवसाय ओला ड्यास बन्द भएपछि करिब २ हजार कर्मचारीलाई निकालेको थियो । कम्पनीमा ३० भन्दा बढी वरिष्ठ अधिकारीहरूले पछिल्ला दुई वर्षमा राजीनामा दिएका छन्।

कम्पनीसँग हाल करिब २,००० इन्जिनियरहरू छन् र आगामी १८ महिनामा आफ्नो इन्जिनियरिङ ट्यालेन्ट पूललाई ​​५,००० पु¥याउने लक्ष्य राखेको छ । यही कारणले कम्पनीले पुनर्संरचना गरिरहेको जनाएको छ । 

विद्युतीय स्कुटरमा आगलागीका अन्य आठ घटनासहित उच्चस्तरीय समितिले छानबिन गरेको थियो । अनुसन्धानमा विभिन्न विद्युतीय सवारी कम्पनीको ब्याट्री प्याकमा प्रयोग हुने सेलको गुणस्तरमा कमी देखिएको थियो । विगत नौ महिनादेखि विद्युतीय सवारीसाधन बजारमा रहेको कम्पनीले सफ्टवेयर, ब्याट्रीको कार्यसम्पादन र सेवा सम्बन्धी धेरै ग्राहक गुनासो सामना गर्दै आएको छ ।

कम्पनीले अप्रिलमा १२,६९१ स्कुटर बिक्री गरेको छ । अगस्टमा, कम्पनीले केवल ३,३५१ स्कुटरहरु बेचेको छ । जुन छ महिनामा सबैभन्दा कम हो। बिक्रीमा आएको गिरावटले ओला इलेक्ट्रिकलाई पनि आफ्नो अनलाइन प्रत्यक्ष बिक्री रणनीतिलाई सुधार्न प्रेरित गरेको छ।

योसँगै भारतीय स्टार्टअपहरूले वर्षको पहिलो ६ महिनामा करिब १२ हजार कर्मचारीलाई निकालेका छन् । वर्षको अन्त्यसम्ममा यो संख्या ६० हजार नाघेको छ । 

प्रतिक्रिया दिनुहोस