
काठमाडौं । विद्युतीय सवारीसाधन (इभी) अथवा हाइब्रिड सवारी साधनको बीमाको अवधारणा थिएन भने मोटर बीमा पोलिसी बनाउन जरुरी भएको छ । आजसम्म विद्युतीय सवारी साधनको बीमा आवश्यक थिएन । विद्युतीय सवारीसाधनको मूल्य सामान्य सवारीसाधनको तुलनामा बढी हुने भएकाले बिमा लिनुअघि धेरै अनुसन्धान र स्पष्ट हुन जरुरी छ ।
अब इलेक्ट्रोनिक सवारी साधनको बीमा गराउँदा बीमा पोलिसीले बाढी वा आगलागीका कारण ब्याट्रीको कुल क्षतिलाई कभर गर्छ कि गर्दैन हेर्न जरुरी हुन्छ ? यो महत्त्वपूर्ण हुन्छ किनभने ब्याट्री सबैभन्दा महँगो भाग हो ।
इभीको कारणले गर्दा कुनै तेस्रो पक्षलाई हुने क्षति र व्यक्तिगत चोटको दायित्व पोलिसीमा समेटिएको छ किन छैन ? क्षतिको कारण इभीको मालिक विरुद्ध मुद्दा दायर भएको अवस्थामा पोलिसीमा छुट्टै दायित्व कभर छ कि छैन भनेर पनि जाँच गर्न जरुरी हुन्छ ।
पोलिसीमा सबै भागहरूको लागि शून्य मूल्यह्रास कभरेज छ ? चाहे तिनीहरू प्लास्टिक, धातु, गिलास वा फाइबर, जुनसुकै धातुबाट बनेका हुन् । के बीमा पोलिीमा भित्ता माउन्ट चार्जर र चार्जिङ केबलका लागि छुट्टै कभरेज छ कि छैन ? यी भागहरू गाडीमा संलग्न नभएको हुनाले, तिनीहरूलाई मोटर बीमा पोलिसीमा छुट्टै उल्लेखको साथ कभर गर्न आवश्यक छ । यो पोलिसीले मूल कम्पनीले लगाएको बाहेक अन्य कुनै ग्याजेटलाई समेट्छ कि गर्दैन ?
प्रतिक्रिया दिनुहोस