aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुन मोटरसाइकलले दशैंतिहार विशेष के अफर ल्याए ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ असोज २०७९
कुन मोटरसाइकलले दशैंतिहार विशेष के अफर ल्याए ?

काठमाडौं । नेपालीहरुको महान पर्व दशैतिहारलाई लक्षित गरी विभिन्न कम्पनीहरुले अफरहरु सार्वजनिक गरेका छन् । दुईपाङग्रे सवारी साधनहरुले चाडपर्वलाई लक्षित गर्दै एक लाख रुपैयाँ नगदसम्म जित्न सक्ने अफरहरु ल्याएका छन् । फरक फरक कम्पनीहरुले फरक अफर सार्वजनिक गरिरहेका छन् । सार्वजनिक भएका विभिन्न अफरहरुमध्ये केही अफरहरुलाई यहाँ समेटिएको छ । 

यस्ता छन् मोटरसाइकल कम्पनीहरुका दशैतिहार अफर 

जगदम्बा मोटर्स (टिभिएस)
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  

यो योजना भाद्र २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ । कायापलट योजना अन्तर्गत नकिन्दै www.tvsnepal.com/dashain मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिने छ । 

साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा चार हजार दुई सय रुपैयाँको मासिक  ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नेछन् ।    

विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ । 

ओम मोटोकर्प (टारो)
ओम मोटोकर्प प्रालि मार्फत नेपालमा विक्रि वितरण हुँदै आएको इटालियन व्राण्ड टारोले यही भदौ १९ गतेदेखि १५ कार्तिक १५ गतेसम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि” अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तर्गत कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत वचत पनि हुने उद्देश्यले आफ्नो वाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरलको खरीदमा १५ हजार छुटको अफर अघि सारेका छन् । कम्पनीले वम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्ताले ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ ।

एसएलआर टेक्नो एण्ड ट्रेड (मोटरहेड)
नेपालका लागी मोटरहेड ब्राण्डका आधिकारीक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले भाद्र १९ गतेबाट कार्तिक १२५ गतेसम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ ।

यसका साथै टेक्केन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा पाल्नु हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एण्ड पोष्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा शेयरा गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ । 

आइहब (सेगवे)
नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आइहब प्रालिले चाडपर्वलाई लक्षित गर्दै आकर्षक छुट र पुरस्कार योजना ल्याएको छ । कम्पनीले दशैं, तिहार र छठको अवसरमा ‘यो दशैं÷तिहार सेगवेको साथ उपहार ७’ अफर ल्याएको हो ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा, १० हजार रुपैयाँ नगद छुट अमाजफिट व्याण्ड ५ वा अमाजफिट नियो व्याण्ड जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् । साथमा, निःशुल्क बीमा र सडक कर पनि तिर्नुपर्दैन ।

यस्तै, ग्राहकले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर एफ ४०, २ जनाले स्मार्ट फोन मेजु एम १७ र ५ जनाले अमाजफिट जीटीएस २ स्मार्ट घडी पाउने छन् । साथै, एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र  इएमआईको सुविधा पनि छ ।

यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । यस अफर नेपालमा सेगवेको दुईपांग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

चाडपर्वमा उत्कृष्ट अफरको साथ आकर्षक स्कुटर खोज्ने ग्राहकलाई सेगवे ई–स्कुटरहरू रोजाइ बन्न सक्ने कम्पनीले जनाएको छ । यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । सेगवेको शोरुम राइजिङ मलमा रहेको छ ।

स्याकार ट्रेडिङ (होण्डा)
होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले “होण्डाको दशैंको शुभ लाभ” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले पाउन सक्नेछन् ।

स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँ सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु, साथै, ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले पाउन सक्नेछन् । ७ लाख, बम्परमा लक्की ड्र मार्फत जित्न सक्नेछन् । १५ लाख नगद उपहार र साथ साथै इजी फाइन्यान्सको पनि सुविधा रहेको छ । यो योजना भाद्र २० गते देखि सुरु भई सीमित अवधि सम्म मात्रै लागू हुनेछ । 

यामाहा नेपाल (यामाहा)
नेपालका लागि यामाहा बाइकको आधिकारिक वितरक यामाहा नेपालले विगतमा जस्तै यस वर्ष पनि आउदै गरेको दशैतिहारलाई लक्षित गर्दै यामाहा कम्पनीले विभिन्न योजना सार्वजनिक गरेको छ । यामाहा कम्पनीको कुनै पनि बाईक तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई तत्कालै ६ हजार नगद उपहार पाउनेछन् ।

कम्पनीको अनु्सार ‘फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाईक तथा स्कुटर किन्दा तत्काल ६ हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यामाहाले दशैंतिहार, छट पर्व र फिफा विश्वकप २०२२ लाई समेत लक्षित गर्दै लक्की ड्र मार्फत हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्ने कपनीले जनाएको छ ।

यामाहा कम्पनीको बाईक तथा स्कुटर किन्न चाहाले ग्राहकलाई अब पहिलाको जस्तो धेरै समय लगाएर लामो प्रक्रिया पुर्याउन पर्ने छैन । ग्राहकले आवश्यक कागजपत्र देखाएर ३० मिनेटमै वित्तीय प्रक्रिया पुरा गरी यामाहाको बाईक तथा स्कुटर खरिद गरि लैजान सक्नेछन् ।

एनजीएम हिरो (हिरो) 
हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एनजीएम हिरोले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको दशैंको लागि लक्षित गरेर ‘आहा दशै चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग’ नामक स्कीम सार्वजनिक गरेको हो ।

हिरोले ल्याएको यो योजनामा नगद छुट, स्क्रयाच कार्ड, लक्की ड्र तथा फाइनान्सका विभिन्न स्कीम रहेको छ । आहा दशैं योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्दा स्योरसट ७ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछन् । ग्राहकले स्क्रयाचमार्फत नगद १ लाख रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् भने लक्की ड्र मार्फत १ लाख जित्न सक्नेछन् ।

यसै योजना अन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा हिरोका मोटरसाइकल तथा स्कुटरहरु खरिद गर्न सक्नेछन् । यो योजना नेपालभर रहेको हिरोका आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस