aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

अरुण काबेली हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ असोज २०७९
अरुण काबेली हाइड्रोपावरको १० प्रतिशत बोनस शेयर प्रस्ताव

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको असोज २ गतेको सञ्चालक समितिको बैठकले कर वाहेक उक्त लाभांश वितरण गर्न लागेको हो । 

कम्पनी सचिव थानेश्वर भट्राईले बोनसमा लाग्ने कर वापतको रकम कम्पनीलेनै तिर्ने जानकारी दिएका छन् । कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो । 

प्रस्तावित बोनस शेयर विद्युत नियमन आयोगको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । 

प्रतिक्रिया दिनुहोस