
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आजो लागि निर्धारण गरिएको मूल्य अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६० देखि ७० रूपैयाँसम्मम तोकिएको छ ।
त्यसैगरी,रातो आलुको मूल्य ६५ रुपैयाँदेखि ६७ रुपैयाँसम्म कायम गरिएको छ चने रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ । यस्तै सुकेको प्याज (भारतीय) ३५ देखि ३७ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । कागती प्रति किलो २२० रुपैयाँदेखि २६० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस