aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

भृकुटी मण्डपमा ‘नाडा इभी एक्स्पो’ को आयोजना हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ असोज २०७९
भृकुटी मण्डपमा ‘नाडा इभी एक्स्पो’ को आयोजना हुँदै

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टु –ह्विलर ‘नाडा इभी एक्स्पो’ हुने भएको छ । यहि असोज ६ गतेदेखि ९ गतेसम्म भृकुटी मण्डप प्रर्दशनी हलमा आयोजना हुने भएको हो ।     

उक्त ‘नाडा इभी एक्स्पो’ चलिरहेको समयमा नै असोज ७ गतेदेखि ९ गतेसम्म प्रत्येक दिन दिउँसो २ बजेदेखि ४ बजे सम्म नाडा चौतारी सेमिनार पनि सञ्चालन गरिने भएको छ । युएसएआइडीको सहकार्यमा नाडा चौतारी सेमिनार संचालन हुने भएको हो । 

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ । इभि चौतारीको पहिलो दिन ७ गते इभी टेक्नोलोजी एण्ड इकोसिस्टमको बारेमा छलफल हुनेछ । दोस्रो दिन ८ गते फाइनान्सियल एस्पेक्ट अफ इभीको बारेमा विभिन्न विज्ञहरुले आ–आफ्नो धारणा राख्नेछन । साथै अन्तिम दिन ९ गते पोलिसिएस फर प्रामोटिङ इभीको बिषयमा छलफल हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस