aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २८ गते, २५ प्रतिशत नगद लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
सिद्धार्थ क्यापिटलको साधारण सभा असोज २८ गते, २५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले असोज २८ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको भदौ १९ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय नारायणचौर, नक्साल,काठमाडौंमा दिउ्ँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्तीको विषयलाई पनि टुङ्ग्याउनेछ । 

साथै सभाले २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई समेत अन्तिम रूप दिनेछ । उल्लेखित प्रस्तावहरूसागै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन र सञ्चालकहरूको भत्ता बृद्धिको विषय समेत सभामा छलफल हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस