
काठमाडौं । लक्ष्मी ई मोविलिटी प्रालिले नाडा ईभि अटो सो मा स्टल न सी७ मा बुकिंग गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ । । जसमा २५ हजार सम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् ।
हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोविलिटी प्रालिले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ ।
नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारत सहित नेपालमा पनि राम्रो बजार लिएको कम्पनीले जनाएको छ ।
भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् भने नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ । थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति नाडा ईभि अटो सो मा सी७ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस