aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सन नेपाल लाईफको पाँचौं वार्षिक उत्सव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ असोज २०७९
सन नेपाल लाईफको पाँचौं वार्षिक उत्सव

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ । त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ ।

 साथै सोही अवसरमा विद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दाबढी स्कूलकलेजका १००० भन्दाबढी विद्यार्थीहरु माझ बीमासम्बन्धी चेतना कार्यक्रम संचालन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस