काठमाडौं । हाथवे नेपाल इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साधारण सभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । उक्त साधारणसभा असोज २८ गते शुक्रबार दिउँसो ३ बजे होटल एम्बास्डर लैनचौर काठमाडौंमा हुने भएको छ ।
सो सभाले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशतका दरले वितरण गर्न लागेको नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २३०७८/७९ को असारमसान्तसम्मको आयव्यय हिसाब र नगद प्रवाह विवरण लगायतका प्रतिवेदनहरु छलफल गरी पारित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस