aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रू रू जलविद्युत परियोजनाको साधारणसभा कात्तिक ४ गते, १०.५२ प्रतिशत लाभांश पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ असोज २०७९
रू रू जलविद्युत परियोजनाको साधारणसभा कात्तिक ४ गते, १०.५२ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित उक्त लाभांश पारितका लागि कम्पनीले कार्तिक ४ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बज बोलाईएको हो । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा असोज २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस