
काठमाडौं । कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेका छन् । दुवै कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेका हुन् ।
बोटलर्स नेपाल बालाजुले शेयरधनीलाई २० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ छ । जस अनुसार बोटलर्स नेपाल बालाजुले २० प्रतिशतले हुन आउने ३ करोड ८९ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बोटलर्स नेपाल बालाजुले रू.८७ करोड ६० लाख ३२ हजार खुद नाफा कमाएको थियो । त्यसैगरी बिहीबार साँझ बसेको बोटलर्स नेपाल तराईको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी रू.१२ करोड १० लाख छ । जस अनुसार कम्पनीले ६० प्रतिशतले हुन आउने रू.७ करोड २६ लाख बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले रू. ६८ करोड ३१ लाख नाफा कमाएको थियो ।
प्रतिक्रिया दिनुहोस