
काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि गत भदौ ७ गतेदेखि २८ गतेसम्म ६ लाख २० हजार कित्ता आईपीओ विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूलाई ५ लाख ६९ हजार ६९० कित्ता आईपीओ असोज ९ गते बाँडफाँट भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरका स्थानीय बासिन्दाका लागि आईपीओ बाँडफाँट गरेको हो ।
स्थानीयमा वितरण हुन नसकेको बाँकी ५० हजार ३१० कित्ता शेयर भने सर्वसाधारणमा थप भएर आउनेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पुरा गरेको हो ।
प्रतिक्रिया दिनुहोस