aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आरविवि मर्चेन्टको साधारण सभा असोज ३१ गते, साढे ७ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० असोज २०७९
आरविवि मर्चेन्टको साधारण सभा असोज ३१ गते, साढे ७ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज ३१ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज ६ गतेको सञ्चालक समितिको बैठकले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै कर समेत ७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई अन्तिम रुप दिनेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत सभाले टुङ्ग्याउनेछ । 
 

प्रतिक्रिया दिनुहोस