aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२० ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा , १६ ओटा नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ असोज २०७९
२० ओटा सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा , १६ ओटा नियन्त्रणमा

काठमाडौ   काठमाडौको थानकोटमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका विङगर,हाईस र टाटासुमो लगायतका २० ओटा भाडाका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै १६ ओटालाई नियन्त्रणमा  लिएको छ । 

सोमबार दिउँसो तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा  गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका,लाईटहरु नभएका,टायर धेरै  घिसिएका लगायत अवस्था ठिक नभएका २०ओटा सवारी साधनलाई कारवाही गरिएको र १६ ओटालाई नियन्त्रणमा  लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।  नियन्त्रणमा लिएका १६ ओटा सवारी साधनलाई आवश्यक  कारवाहीको लागी यातायात व्यवस्था विभाग पठाउन लागिएको छ ।

अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न सोमबार दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको थानकोट क्षेत्रमा खटिएको थियो । अवस्था ठिक नभएका सवारी साधनलाई कार्वाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गतेदेखि अभियानकैमा रुपमा कार्वाहीलाई थप तिब्रता दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस