
काठमाडौं । माछापुच्छ्रे सेक्यूरिटिज लिमिटेडले असोज २२ गते विशेष साधारण सभा बोलाएको छ । सेक्युरिटिजको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी बृद्धि गरी रू. २० करोड पु¥याउने विशेष प्रस्ताव पारित गर्नेछ । पूँजी बृद्धि हुने भएकाले सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
पुराना ब्रोकर कम्पनीहरूले पनि आगामी असार मसान्तसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीका लागि तोके बमोजिमको पूँजी कायम गर्नुपर्ने भएकाले यस कम्पनी पूँजी बृद्धिमा जुटेको हो ।
प्रतिक्रिया दिनुहोस