aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पोखरामा एनओजी एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ असोज २०७९
पोखरामा एनओजी एन्टर्क ओनर्स ग्रुप राइड सम्पन्न

काठमाडौं ।  टिभिएस मोटर कम्पनीको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत असोज ८ गते शनिबार पोखराबाट निर्मलपोखरी स्थित एलिट रिसोर्टसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो ।

साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । 

साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस