
काठमाडौं, वैशाख १३ । रसुवागढी जलविद्युत् कम्पनीको आईपीओमा १.८३ गुणा बढी आवेदन परेको छ ।
सो कम्पनीले १ करोड २ लाख ६३ हजार १५० कित्ता आईपीओ माग गरेकोमध्ये ४ लाख १३ हजार १५७ कित्ता कम्पनीका कर्मचारी, ५ लाख १३ हजार १५७ कित्ता म्युचुअल फण्डहरुलाई बाँडफाँडपश्चात बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता आईपीओमा ३ लाख २ हजार ५३२ जनाले १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताको माग गर्दै आवेदन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस