aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बझाङमा ड्रागन खेतीको तयारी

  • रासस
    रासस
  • सोमबार, १७ असोज २०७९
बझाङमा ड्रागन खेतीको तयारी

बझाङ । बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको थियो । 

त्यसरी नै आठ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यावसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए । करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यावसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरिले नोक्सान गर्न सक्ने उनी बताउछन् । 

“कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र्याउन असहज हुनसक्छ,” उनले भने, “बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा  भयो । पहाड क्षेत्रमा व्यावसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पुर्‍याउन सक्ने देखिन्छ ।”

बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए । “अहिले माटो र मौसम हेरेर ड्रागन रोप्ने र मङ्सिरसम्ममा फल दिन्छ,” उनले भने, “गर्मी सिजनमा हुने हुँदा यो पटक पाँच÷पाँच लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौँ । परीक्षणमा कस्तो परिणाम आउँछ, त्योअनुसार अगाडि बढ्छौँ ।”

ड्रागनका लागि बेर्ना कैलाली र कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए । “एउटै बिरुवालाई रु एक हजार पाँच सय जति पर्छ,” उनले भने, “यस पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।” । बझाङमा चैते धानको सफल परीक्षणपश्चात् ड्रागन खेतीका लागि पनि परीक्षण गरिने भएको छ । धानका परीक्षणका लागि गत फागुनमा बीउ राखेर चैतमा रोपेको धान साउनमा फलेको थियो । 

त्यसरी नै आठ सय मिटरको उचाइमा भाँडे र झोतामा ड्रागनको परीक्षण गर्ने कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । धान परीक्षणका लागि छबिसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारमा धान रोपेको थियो । हर्दिनाथ प्रजातिको धान बझाङमा सफल भए पनि व्यावसायिक रूपमा खेती गर्न भने अलि कठिन हुने विष्टले बताए । करिब सय दिनको अवधिमा पाक्ने भए पनि व्यावसायिक खेती गर्नका लागि पाक्ने सिजनमा झरिले नोक्सान गर्न सक्ने उनी बताउछन् । 

“कम मात्रामा खेती गर्दा सहज भए पनि ठूलो खेतीका लागि चैते धान वर्षायामको पानीले भित्र्र्याउन असहज हुनसक्छ,” उनले भने, “बझाङमा पनि चैते धान फल्ने रहेछ भन्ने थाहा भयो । पहाड क्षेत्रमा व्यावसायिक रुपमा ठूलै जमिनमा खेती गर्दा भने वर्षाले बढी क्षति पुर्‍याउन सक्ने देखिन्छ ।”

बझाङमा किसानलाई आत्मनिर्भर बनाउनका लागि ड्रागन खेतीको पनि परीक्षणको तयारी भएको विष्टले बताए । “अहिले माटो र मौसम हेरेर ड्रागन रोप्ने र मङ्सिरसम्ममा फल दिन्छ,” उनले भने, “गर्मी सिजनमा हुने हुँदा यो पटक पाँच÷पाँच लाखको लगानीमा भाँडे र झोतामा परीक्षण गर्न लागेका छौँ । परीक्षणमा कस्तो परिणाम आउँछ, त्योअनुसार अगाडि बढ्छौँ ।”

ड्रागनका लागि बेर्ना कैलाली र कञ्चनपुरबाट ल्याउनुपर्ने उनले बताए । “एउटै बिरुवालाई रु एक हजार पाँच सय जति पर्छ,” उनले भने, “यस पटक परीक्षणका लागि भाँडे र झोतामा सडक नजिक बेर्ना रोप्नका लागि सम्पूर्ण तयारी भइसकेको छ ।”

प्रतिक्रिया दिनुहोस