
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारण सभा कात्तिक ६ गते गर्ने भएको छ । सभा लिसरा ब्याक्वेट ज्ञानेश्वर काठमाडौंमा बिहान ११ ः३० बजे शुरु हुने जानकारी दिएको छ ।
सभाले जारी पुँजीको ३० प्रतिशत आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस