aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
तीन हाइड्रोपावर कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । तीन जलविद्युत कम्पनीले लाभांशको घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत विभिन्न तीन हाइड्रोपावर कम्पनीहरुले शेयरधनीहरुका लागि गत आर्थिक वर्षको लाभांश दिने घोषणा गरेका हुन् । लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर र सानिमा माई हाइड्रोपावर कम्पनी रहेका छन् । 

रु रु जलविद्युत परियोजनाले यस वर्ष कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, अरुण काबेली पावर लिमिटेडले यस वर्ष १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो ।

त्यसैगरी, सानिमा माई हाइड्रोपावर लिमिटेडले आव २०७८/७९ को  सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने घोषणा गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस