aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हकप्रद शेयर बिक्री गर्न मल्टीपर्पस फाइनान्सले पायो राष्ट्र बैंकको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
हकप्रद शेयर बिक्री गर्न मल्टीपर्पस फाइनान्सले पायो राष्ट्र बैंकको अनुमति

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले ३५ प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको छ । कम्पनीको असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४५ करोड २० लाखको आधारमा १ बराबर शून्य दशमलव ३५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । 

उक्त निर्णयलाई आगामी वार्षिक साधारण सभाबाट पारित गराउन नेपाल राष्ट्र बैंकले  असोज १४ गते स्वीकृति प्रदान गरेको जानकारी कम्पनीले नेप्से मार्फत गराएको हो । 

कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने प्रकृया अघि बढ्नेछ । बोर्डको स्वीकृति पश्चात् मात्र कम्पनीलाई उक्त हकप्रद शेयर निष्कासनको बाटो खुला हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस