aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नेतृत्वदायी भूमिका खेल्न सक्छः घले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
हाइड्रोजन उर्जा उत्पादनमा नेपालले नेतृत्वदायी भूमिका खेल्न सक्छः घले

काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा एमआइटी ग्रुप फाउन्डेसनका अध्यक्ष शेष घलेले हाइड्रोजन उर्जा उत्पादनमा नेपालले विश्वलाई नै नेतृत्व गर्न सक्ने क्षमता भएको बताएका छन् ।

आजदेखि नेपाल ग्रिन हाइड्रोजन समिटको उद्घाटन कार्यक्रममा बोल्दै घलेले नेपालको हाइड्रोजन यात्राका लागि सहकार्य गर्दै लगानी गरेमा नेपाल हाइड्रोजन उर्जा उत्पादनमा नेतृत्वदायी भूमिका खेल्ने देश हुने बताएका हुन । घलले नेपाल अब जलविद्युतबाट हाइड्रोजनतर्फको यात्राका लागि तयार हुनुपर्ने बताउँदै राज्यले पनि नीतिगत सहजता प्रदान गर्नुपर्ने बताए ।

नेपाल र साउदी अरवले ग्रिन हाइड्रोजन उत्पादन गरेर विश्व बजारमा बेन्चमार्क मूल्यमा बिक्री गर्न सकिने विश्वव्यापी एक अध्ययनले देखाएको भन्दै उनले अब यो उर्जामा नेपालले विश्वव्यापी नेतृत्व लिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस