
काठमाडौं । अटोमोवाइल क्षेत्रमा लगाएको आयात प्रतिवन्ध हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै नाडाले अटोमोवाइल क्षेत्र राष्ट्र बैंक तथा सरकारको एकपछि अर्को नीति तथा निर्देशनका कारण अत्यन्त कठीन परिस्थितिमा गुज्रीरहेकाले आयातमा गरिएको प्रतिबन्धलाई हटाउन माग गरेको हो ।
एसोसिएसनले असोज २८ गतेसम्मको लागि निजी प्रयोजनका कार जीप भ्यान र १५० सि.सिभन्दा माथीका दुई पाँगे्र सवारी साधनहरुको लागि लगाइएको प्रतिवन्ध हटाउनको लागि भोलीदेखि दवाव मूलक कार्यक्रमहरु सञ्चालन गर्ने समेत बताएको छ ।
विगतमा सरकारले खाशगरी विदेशी मुद्रा संचितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाउदै आएको र त्यस प्रतिवन्धलाई क्रमशःविस्तार गर्दे २०७९ को असोज २८ गतेसम्म पु¥याएको छ । तर, हाल विदेशी मुद्रा संचिति लगायत धेरै आर्थिक सुचकाङ्कहरु सकारात्मक अवस्थामा पुगेको एसोसीएसनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
देशलाई भन्सार विन्दुमा उठने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउदै देशको कूल कर राजश्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोवाइल क्षेत्र भएको एसोसिएसनले बताएको छ । खर्र्बौको लगानी तथा लाखौलाई रोजगारी प्रदान गरेको अटोमोवाइल व्यवसाय आज सरकारको उक्तअदुरदर्शी नीतिका कारण धरासायीहुने अवस्थामा पुगेको गुनासो समेत गरेको छ ।
नेपालको कूल आयातमा नीजि प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अर्ब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट रहेको छ । तर, यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्ब योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौ बस्तुहरुमध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बरभन्दा बढी राजश्व योगदान पु¥याएको छ ।
नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भएपनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट छ । यसै यथार्थताहरुलाई मनन गर्दै कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउन एसोसिएसनले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस