aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भिभोको चाडपर्व अफरः ‘दशैं तिहार भिभोको साथमा दैनिक उपहार हातमा’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ असोज २०७९
भिभोको चाडपर्व अफरः ‘दशैं तिहार भिभोको साथमा दैनिक उपहार हातमा’

काठमाडौं । एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गरेदेखि नै प्रयोगकर्ताहरुको विश्वास र माया प्राप्त गर्दै आइरहेको छ । नेपालीहरुको महान पर्व दशैं तिहारलाई लक्षित गर्दै भिभोले प्रयोगकर्ताहरुको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि “दशैं तिहार भिभो को साथमा, दैनिक उपहार हातमा” योजना ल्याएको हो ।    

भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् । साथै भिभो स्मार्टफोनको खरिदमा, हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन् । 

यस योजना अन्तर्गत ४०० भन्दा बढिले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १५० भन्दा बढिले उपहार जितिसकेका छन् । यस योजना सिमित अवधिका लागि मात्र उपलब्ध छ । र, योजना सक्किन मात्र केहि समय बाकीँ छ तर, हामीसंग अझै हात खाली नजाने उपहारहरु छन् । 
 

प्रतिक्रिया दिनुहोस