
काठमाडौँ । नेपाली सेनाले अघिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले जारी गरेको सूचना अनुसार योग्यता पुगेका १८ वर्ष पुगेका र २१ ननाघेका नेपालीहरूले आजकै मितिदेखि असोज २ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । भने डबल दस्तुरमा असोज ३ देखी ९ गते सम्म दरखास्त दिन सकिने छ ।
भर्ना छनौट निर्देशनालय, इटहरी ब्यारेक सुनसरी, धारापनी ब्यारेक धनुष, सुपारेटा ब्यारेक हेटौडा, विजयपुर ब्यारेक पोखरा, योगीकुटी ब्यारेक रपन्देही, निमारे ब्यारेक सुर्खेत, राजपुर ब्यारेक दिपायलबाट आवेदन फारम पाइने र त्यहीँ बुझाउन सकिने साथै अलाईन मात्र पनि आवेदन फारम भर्न सकिने जानकारी पनि नेपाली सेनाले दिएको छ ।
सेनालेको अधिकृत क्याडेट पदको लागि खुल्ला तर्फ १३१ र ७ गरी १३८ त्यस्तै समावेशी तर्फ महिला २२, आदिवासी जनजाति ३६, मधेसी ३१, दलित १७, पिछडिएको क्षेत्र ६ गरी जम्मा २५० जनाको कोटा खुलाएको हो ।
प्रतिक्रिया दिनुहोस