aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राधी विद्युत कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
राधी विद्युत कम्पनीको हकप्रद शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । असोज ५ गतेदेखि विक्रीमा आएको राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर खरीदका लागि आवेदन दिने असोज २५ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो । जस अनुसार प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर विक्रीमा रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

यो हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । शेयरधनीहरूले मेरोशेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

 हकप्रद शेयर निष्कासनका लागि गराईएको रेटिङ्गमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाइ वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्ने इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ ददशमलव ५० रहेको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ दशमल ५० पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस