aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

खुल्याे नेपाली सेनामा जागिर, २ सय ५० जना अधिकृत क्याडेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
खुल्याे नेपाली सेनामा जागिर, २ सय ५० जना अधिकृत क्याडेट

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि २ सय ५० दनाको दरखास्त माग गरेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले एक विज्ञापन जारी गर्दै अधिकृत क्याडेट पदमा रिक्त रहेका २ सय ५० दरबन्दीका लागि दरखास्त आह्वान गरेको हो ।

कार्यरथी विभागले १ सय ३१ जना खुला, ३६ जना महिला, ३१ जना मधेसी, २२ जना जनजाति, १७ जना दलित र ६ जना पिछडिएको क्षेत्रका लागि दरखास्त माग गरेको छ । सेनाले ७ जनाको कोटा सैनिक परिवारका छोराछोरीका लागि छुट्याएको छ ।

सेनाले आह्वान गरेको विज्ञापनमा भदौ ४ गतेदेखि असोज २ गतेसम्म दरखास्त दिन सकिने छ । दोब्बर दुस्तुर तिरेर असोज ९ गतेसम्म दरखास्त पेश गर्न सकिने सेनाको कार्यरथी विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस