aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टाटाको सस्तो विद्युतीय कार एकै दिनमा १० हजारले गरे बुकिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
टाटाको सस्तो विद्युतीय कार एकै दिनमा १० हजारले गरे बुकिङ

एजेन्सी । भारतमा टाटा मोटर्सको विद्युतीय सवारी TIAGO बुकिङमा एकै दिन १० हजार पुगेको छ। हिजो दिउँसो १२ बजेदेखि सुरु भएको बुकिङले एकै दिन १० हजार पार गरेको हो । टाटा मोटर्सले प्रारम्भिक १०,००० ग्राहकहरूको लागि रु ८.४९ लाख रुपैयाँ भारुको मूल्यमा बुकिङ खोलेको थियो। 

टाटा मोटर्स प्यासेन्जर भेहिकल लिमिटेडका प्रबन्ध निर्देशक शैलेश चन्द्रले भने, ‘ग्राहकहरूलाई धन्यवाद दिन्छौं। कारको टेस्ट ड्राइभ डिसेम्बर २०२२ बाट सुरु हुनेछ भने डेलिभरी जनवरी २०२३ बाट सुरु हुनेछ।’


 

प्रतिक्रिया दिनुहोस