aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जीवन बीमा कम्पनीहरूले गरे १० अर्ब भन्दाबढि बीमा शुल्क संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
जीवन बीमा कम्पनीहरूले गरे १० अर्ब भन्दाबढि बीमा शुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा जीवन बीमा कम्पनीहरूले कुल १० अर्ब भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले १० अर्ब ९७ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । भदौ महिनासम्म जीवन बीमा कम्पनीहरुले १६ अर्ब ३ करोड २७ लाख रुपैयाँ बीमा कुल शुल्क संकलन गरेका छन् ।

भदौमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले भदौ महिनामा २ अर्ब ८५ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै दोस्रोमा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । यो कम्पनीले १ अर्ब ६१ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यसैगरी भदौ महिनामा जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले भदौ महिनामा ११ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरूले साउन महिनामा १४ लाख ७४ हजार ३९७ बीमालेख जारी गरेका छन् ।

कुनले कम्पनीले कति बीमा शुल्क संकलन गरे ?

प्रतिक्रिया दिनुहोस