aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अन्तिम दिनसम्म करिब ७३ प्रतिशत विक्यो राधी विद्युतको हकप्रद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ असोज २०७९
अन्तिम दिनसम्म करिब ७३ प्रतिशत विक्यो राधी विद्युतको हकप्रद

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर अन्तिम दिनसम्म ७२ दशमलव ८४ प्रतिशत विकेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिन असोज २५ गते साझ ५ बजेसम्म ३८ हजार ३९७ जना शेयरधनीहरूबाट ६९ लाख ४५ हजार ७०५ कित्ता शेयर खरीद माग भएको हो ।

कम्पनीले असोज ५ गतेदेखि हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको हो । उक्त अनुपातमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । 

यो चरणमा विक्री हुन नसकेको बाँकी शेयर कम्पनीले लिलामी प्रकृयाबाट विक्री गर्नेछ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिएका हुन । 

यो हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार रहेको छ । पूर्ण रुपमा हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस