aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

हिमालयन पावर पार्टनरको सञ्चालकबाट चन्द्र ढकालले दिए राजिनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
हिमालयन पावर पार्टनरको सञ्चालकबाट चन्द्र ढकालले दिए राजिनामा

काठमाडौं । हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको सञ्चालक पदबाट चन्द्र ढकालले राजिनामा दिएका छन् । आफ्नो व्यक्तिगत अरु कामका कारण समय व्यस्तताले सञ्चालक पदमा निरन्तरता दिन नसक्ने भन्दै ढकालले सञ्चालक पदबाट राजिनामा दिएका हुन् । 

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सुरुवाती अवस्थादेखि संस्थापक सञ्चालक भई दोर्दी खोला जलविद्युत आयोजनाको स्थापना, निमाण तथा आयोजनाबाट उत्पादित विद्यत नेपाल विद्यत प्राधिकरणलाई बिक्री गर्ने अवस्थासम्म पर्याएका चन्द्रप्रसाद ढकालले दोर्दी खोला जलविद्युत आयोजनाको विद्युतको व्यापारिक उत्पादन नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्न शुरु भइसकेको छ ।

आफ्नो व्यक्तिगत अरु कामका कारण समय व्यस्तताले सञ्चालक पदमा निरन्तरता दिन नसक्ने भनी दिएको राजिनामा स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस