aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ द्वारा लाभांश सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ द्वारा लाभांश सार्वजनिक

काठमाडौं । नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड २ ले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नबिल ब्यालेन्स्ड फण्ड २ ले ७ प्रतिशत नगद  लाभांश र नबिल इक्वीटी फण्डले ५ प्रतिशत नगद लाभांश ( कर सहित ) वितरण गर्ने घोषणा गरेका हुन ।  

कम्पनीको असोज २५ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यी दुबै फण्डले उक्त नगद लाभांश वितरण प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गर्ने जानकारी पनि दिएका छन् ।यस बुक क्लोजको आधारमा कात्तिक १७ गते सम्म कायम इकाईधनीले उक्त लाभांश पाउनेछन् । 

यी दुई योजनाले समयमै लाभांश सम्बन्धी सुचना नदिएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको छ । लाभांश सम्बन्धि सुचना निर्णय गरेको दिन वा भोलीपल्क कारोबार सुरु हुन अगाबै नेप्से मार्फत जानकारी दिनुपर्ने व्यवस्था छ । यी दुई योजनको लाभांश सम्बन्धि जानकारी कारोबार भैरहेको समयमा भएकाले नेप्सेले स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस