
काठमाडौं । बुधवार नेप्सेमा नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ९८ लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर शेयरधनीले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।
कोषले भदौ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । यसरी हेर्दा कोषले साधारण सभाले पारित गरेको डेढ महीना अवधिमा बोनस शेयर सूचीकृत गराएको छ ।
प्रतिक्रिया दिनुहोस