aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब भन्दाबढि बीमा शुल्क संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब भन्दाबढि बीमा शुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा १९ वटा निर्जीवन बीमा कम्पनीले ३ अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले ३ अर्ब ३९ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा २ लाख २३ हजार ७२७ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो महिनाको तुलनामा बीमा कम्पनीहरुको बीमा कुल बीमा शुल्क २४.०५ प्रतिशतले घटेको छ । 

साउन महिनामा कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यससँगै कम्पनीहरुले भदौ महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ७ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

भदौमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन राष्ट्रिय बीमा कम्पनीले गरेको छ । यो कम्पनीले यस अवधिमा ३६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले भदौमा ३१ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यसैगरी यस अवधिमा नेको इन्स्योेरेन्स कम्पनीले २६ करोड ८६ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्स कम्पनीले २६ करोड ११ लाख रुपैयाँ, सिद्धार्थ इस्योरेन्सले २३ करोड ५७ लाख रुपैयाँ र हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले २३ करोड १० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

समितिका अनुसार नेपाल इस्योरेन्स कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले ११ करोड ८५ लाख, नेशनल इन्स्यारेन्सको ८ करोड ५० लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ९ करोड ७२ लाख, प्रिमियर इन्स्योरेन्सको १९ करोड ८८ लाख, प्रभु इन्स्योरेन्सको १९ करोड ५१ लाख, आईएमई जनरल इन्स्यारेन्सको १२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ७८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको १३ करोड ३७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २० करोड २१ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको १५ करोड १६ लाख, सानिमा जनरल इन्स्योरेन्सको ८ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले भदौमा ६ करोड ६३ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस