काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले कात्तिक १८ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको असोज ११ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा दिउसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नूका साथै प्रस्तावित २५ प्रतिशत कर समेतको नगद लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २९ (२) मा संशोधन गरी स्वतन्त्र व्यवसायिक सञ्चालकको कार्यकाल चार वर्ष कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने अख्तियारी समेत सभाले दिनेछ ।
प्रतिक्रिया दिनुहोस