aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सयपत्री हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ असोज २०७९
सयपत्री हाइड्रोपावरको आईपीओ सूचीकृत, कति पायो ओपन रेञ्ज ?

काठमाडौं । विहीवार नेप्सेमा सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता साधाधारण शेयर सूचीकृत भएको हो । 

अव कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा  आउनेछन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू.६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको छ । पहिलो कारोबारको लागि कम्पनीले नेप्सेले कम्पनीको बास्तवित प्रतिशेयर नेटवर्थको तिनगुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले ६ लाख कित्ता सर्वसाधारणको लागि, ३ लाख कित्ता उद्योग प्रभावित स्थायिन बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरुको लगानी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । साथै सूचीकृत पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईबिएल एस क्यापिटल लाजिम्पाट बाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एसपिएचएल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस