aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईबिएल एस क्यापिटलको साधारण सभा कात्तिक १८ गते, २० प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ असोज २०७९
एनआईबिएल एस क्यापिटलको साधारण सभा कात्तिक १८ गते, २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले कात्तिक १८ गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलको असोज २६ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २० प्रतिशत नगद लाभांश प्रस्तावलाई समेत वितरणयोग्य बनाउनेछ । क्यापिटलले चुक्तापूँजी रू. २७ करोडको आधारमा २० प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

गत आर्थिक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रू. १३ लाख १२ हजारभन्दा बढी रकमलाई सभाले पारित गर्ने कार्यक्रम समेत तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस