aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

शिखर इन्स्योरेन्स कम्पनीको नाफा ४७ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
शिखर इन्स्योरेन्स कम्पनीको नाफा ४७ करोड

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको गत आवको नाफा अघिल्लो आवको तुलनामा १८ प्रतिशत बढेर ४७ करोड २९ लाख पुगेको छ । कम्पनीले अघिल्लो आवमा ३९ करोड ९२ लाख नाफा कमाएको थियो । 

कम्पनीले १ अर्ब ८५ करोड कुल दाबी भुक्तानी गरेको छ भने ८१ करोड १६ लाख भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४४ दशमलव ७३ रहेको छ । नेटवर्थ  २५० दशमलव १७ रहेको छ ।  कम्पनीले गत आवमा ३ अर्ब ५१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३ अर्ब ३३ करोड आर्जन गरेको थियो । कम्पनीले जगेडा कोषमा रू. ४५ करोड ७० लाख जम्मा गरेको छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस