
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले असोज २ गतेदेखि १३ गतेसम्म विक्री गरेको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद शेयर असोज २८ गते बाँडफाँट गरेको हो ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज २४ गते खोलि असोज २८ गते कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयर बाँडफाँट गरेको जानकारी कम्पनीले दिएको छ । कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गरेको हो । पूर्ण रुपमा विक्री भैसकेको हकप्रद शेयर अब भने दोस्रो बजारमा सूचीकरणका लागि प्रकृया अघि बढ्नेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजार ४०० को आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा रू. १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर विक्री गरेको हो । १५० प्रतिशत हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार पुगेको छ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस