
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।
कम्पनीद्धारा यस साधारण सभा मार्फत शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांश वितरणको शेयरधनीहरुले खुल्ला प्रशंसा गरे ।
त्यस सभामा अध्यक्ष श्री अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन् । शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं ।’
प्रतिक्रिया दिनुहोस