aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

इष्टर्न हाइड्रोपावरको आईपीओ खरिदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
इष्टर्न हाइड्रोपावरको आईपीओ खरिदका लागि आवेदन दिने मंगलवार अन्तिम दिन

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आवेदन दिने कात्तिक १ गते मंगलवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिभित्र मात्र आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीको आईपीओ खरीदका लागि आइतवारसम्म ७ लाख ६६ हजार १४० जनाले ८७ लाख २८ हजार ५६० कित्ता खरीद माग गरेका छन् । कम्पनीले सर्वसाधारणमा लागि सार्वजनिक निष्कासनमा मार्फत ६ लाख २३ हजार ३८९ कित्ता शेयर विक्री गर्न लागेको हो । यसअघि आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ५० हजार ३१० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा ६ लाख ७० हजार ३१० कित्ता शेयर वितरण गर्न लागेको हो ।

 सार्वजनिक निष्कासनमा आएको बाहेक कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । 

सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल जेठ २७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । 

उक्त आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २६ करोड ११ लाखभन्दा बढी छ । अधिकृत चुक्तापूँजी रू. ६२ करोड रहेको कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ६० लाख रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६२ करोड कायम हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस