aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भदौमा बीमा पोलिसी सरेन्डर गर्ने ४.३९ प्रतिशतले घटे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ असोज २०७९
भदौमा बीमा पोलिसी सरेन्डर गर्ने ४.३९ प्रतिशतले घटे

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या घटेको छ । बीमा समितिका अनुसार गत साउन महिनाको तुलनामा भदौमा पोलिसी त्याग्नेको संख्या ४.३९ प्रतिशतले घटेको छ । 

समितिका अनुसार भदौ १९ जीवन बीमा कम्पनीका बीमितहरुले ८ हजार ५२ बीमालेख सरेन्डर गरेका छन् । गत साउन महिनामा बीमितहरुले ८ हजार ४२२ बीमालेख सरेन्डर गरेका गरेका थिए । 

बीमा पोलिसी ग्याग्नेको संख्या घटेसँगै पोलिसी समर्पण रकम पनि २४.०७ प्रतिशतले घटेको छ । समितिका अनुसार भदौमा एक अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । साउनमा १९ जीवन बीमा कम्पनीको १ अर्ब ५१ करोड २७ लाख ८५ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको थियो । 

यो अवधिमा सबैभन्दा बढी बीमा पोलिसी सरेन्डर गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कपोरेशन कम्पनीका बीमालेख रहेका छन् । 

भदौमा महिनामा नेपाल लाइफ इन्स्योरेन्सको ४१ करोड ४९ लाख रुपैयाँ बराबरको २ हजार ९५६ बीमालेख सरेन्डर भएका छन् । त्यस्तै, यस अवधिमा लाइफ इन्स्योरेन्स कपोरेशनको २८ करोड १ लाख रुपैयाँ बराबरको १ हजार ३८६ बीमा पोलिसी सरेन्डर भएको समितिको तथ्याङकमा उल्लेख छ । 

यस्तै, सोही अवधिमा नेशनल लाइफ इन्स्योरेन्सको १४ करोड ७१ लाख रुपैयाँ बराबरको ८७६ वटा, राष्ट्रिय बीमा संस्थानको ६ करोड रुपैयाँ बराबरको ५५३ वटा, मेट लाइफको ३ करोड ६३ रुपैयाँ बराबरको ३८६ वटा, एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ३५ लाख रुपैयाँ बराबरको ६०६ वटा र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको २  करोड ५० लाख रुपैयाँ बराबरको ३२३ वटा बीमा पोलिसी सरेन्डर भएको हो । 

त्यसैगरी, बीमितहरुले सूर्या लाइफ इन्योरेन्सबाट ६  करोड २९ रुपैयाँ बराबरको ३०४ वटा, प्राइम लाइफ इन्स्योरेन्सको ५५ लाख ३ हजार रुपैयाँ बराबरको ७५ वटा, आईएमई लाइफ इन्स्योरेन्सबाट ५२ लाख ४६ हजार हजार रुपैयाँ बराबरको ४६ वटा, युनियन लाइफ इन्स्योरेन्सबाट एक करोड ३७ लाख रुपैयाँको ४८ वटा र ज्योति लाइफ इन्स्योरेन्सबाट एक करोड ९ लाख ३४ हजार रुपैयाँ बराबरको ९५ वटा बीमा पोलिसी सरेन्डर गरेको समितिको तथ्याङकमा उल्लेख छ ।  

समितिको तथ्याङक अनुसार बीमितहरुले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५८ लाख ७ हजार रुपैयाँ बराबरको ३९ वटा बीमा पोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ४४ लाख २८ हजार रुपैयाँ बराबरको ४९ वटा, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको ७४ लाख ६६ हजार रुपैयाँ बराबरको १५४ वटा, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ७५ लाख ८२ हजार रुपैयाँ बराबरको १०० वटा पोलिसी सरेन्डर भएको छ । 

त्यसैगरी, सोही अवधिमा बीमितहरुले सानिमा लाइफ इन्स्योरेन्सबाट २७ लाख ४६ हजार रुपैयाँ बराबरको २३ वटा, प्रभु लाइफ इन्स्योरेन्सबाट ९३ लाख ८० हजार रुपैयाँ बराबरको ५२ वटा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको ५६ लाख २६ हजार रुपैयाँ बराबरको ३२ वटा बीमा पोलिसी सरेन्डर भएको तथ्याङकमा उल्लेख छ । 

 

प्रतिक्रिया दिनुहोस