aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आईएमई लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनीलाई सत प्रतिशत जम्मा गर्न अुनरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ कार्तिक २०७९
आईएमई लाइफ इन्स्योरेन्सको संस्थापक शेयरधनीलाई सत प्रतिशत जम्मा गर्न अुनरोध

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयरधनीलाई शेयर बापतको थप सत प्रतिशत रकम जम्मा गर्न अनुरोध गरेको छ । कम्पनीको पाचौँ वार्षिक साधारण सभाबाट  सत प्रतिशत पूँजी थप गर्ने निर्णय भएसँगै असोज ३१ गते बसेको सञ्चालक समितीको बैठकले संस्थापक शेयरधनीले यस्तो अनुरोध गरेको हो । 

शेयरधनीहरुले मंसिर ५ गते सम्म थप रकम बुझाउन सक्नेछन् । संस्थापक शेयरधनीहरुले सिद्धार्थ बैंकको नाममा रहेको खाता नं ५५५००३५८८१४ र नबिल बैंकमा रहेको खाता नं ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न पर्नेछ ।

 हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ । संस्थापक शेयरधनीहरुबाट सत प्रतिशत रकम थपेपछि पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस