
काठमाडौं । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालि अनामनगर स्थित शोरुमले हालै प्रस्तुत भएको बीवाइडी एटो थ्री को प्रदर्शन गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै एटो थ्री को प्रदर्शन गरेको हो ।
कार्यक्रममा साइमेक्स इंकको तर्फबाट अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साहिल श्रेष्ठ तथा विशिष्ठ अतिथीका रुपमा बागमती प्रदेश स्वास्थ्य मन्त्री निमा लामा, यातायात व्यवस्था विभागका प्राविधिक तर्फका निर्देशक ई. रामचन्द्र पौडेल तथा इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङको समेत उपस्थिति थियो ।
उपस्थित अतिथिहरुबाट धन्यवाद सहित, प्रगति तथा सफल्ताको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा इको ड्राइभ एटो मोबाइल को तर्फबाट अध्यक्ष प्रकाश विएस तुलाधर तथा निर्देशक सुनील तामाङले आ-आफ्नो मन्तव्य व्यक्त गरे । साथै सबै अतिथी, आगन्तुकहरुमा सधन्यवाद प्रकट गर्दै एटो थ्री को आधिकारिक बुकिङ सुचारु भएको समेत जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस