एजेन्सी । भारत सरकारले गहुँको न्यूनतम समर्थन मूल्य (एमएसपी) वृद्धिलाई अनुमोदन गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ११० रुपैयाँले भारु बढाएर २ हजार १२५ रुपैयाँ भारु प्रतिक्विन्टल पुगेको छ । गहुँ र दालसँगै केन्द्र सरकारले ६ अन्य रवि बालीको एमएसपी बढाएको छ ।
कृषि लागत तथा मूल्य आयोगले गहुँलगायत सबै रवि बालीको एमएसपीमा ३ देखि ९ प्रतिशत वृद्धि गर्न सिफारिस गरेको थियो । सरकारले गहुँमा १ सय १०, जौ १००, चना १ सय ५, दाल ५ सय, तोरी ४ सय र कुसुममा २०९ रुपैयाँ बढाएको छ ।
सरकारले बाली वर्ष २०२३-२४ का लागि दालको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ५०० रुपैयाँ भारु बढाएको छ । त्यसैगरी तोरी र क्यानोलाको एमएसपी प्रति क्विन्टल ४००–४०० रुपैयाँले बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस