aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

साञ्जेनको आईपीओ एक साताभित्र बाँडफाँट गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ बैशाख २०७६
साञ्जेनको आईपीओ एक साताभित्र बाँडफाँट गर्ने तयारी

काठमाडौं, वैशाख १३ । मागभन्दा करिब तीन गुणा आवेदन परेको साञ्जेन जलविद्युत कम्पनीको आईपीओ एक साताभित्र बाँडफाँड गर्ने तयारी भएको छ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार एक साताभित्र बाँडफाँड गर्ने गरी तयारी भइरहेको  छ । सर्वसाधारणलाई ४९ लाख ८२ हजार २५० कित्ता शेयर आईपीओ बिक्रीमा राखेकोमध्ये ३ लाख ४ हजार जना आवेदकबाट १ करोड ४१ लाख कित्ताको आवेदन परेको छ । कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमध्ये २ लाख ७३ हजार ७५० कित्ता शेयर म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएपछि बाँकी थियो ।

प्रतिक्रिया दिनुहोस